पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

यो बीचमा झण्डै २९ प्रतिशत मूल्य वृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन् ।

देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्य वृद्धि भएको घोषणा गरेका हुन ।

विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाई छ ।

उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको बताए ।

उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए ।

गत मे २६ मा १४४.१५ पाकिस्तानी रुपैयाँ रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत वृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैयाँ पुगेको उनले जानकारी दिए ।

त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैयाँमा पुगेको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी मट्टीतेलको मूल्य मे २६ मा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११.४३ पाकिस्तानी रूपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ असार २०७९, शुक्रबार १० : ५६ बजे