शनिबारदेखि दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै

0
Shares

आइसिटी फाउण्डेशन नेपालको आयोजनामा यहि असार ४ र ५ गते (शनिबार र आइतबार) ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल कार्यक्रम आयोजना हुदैछ ।

द सोल्टी काठमाडौंमा आयोजना हुने दुई दिने कार्यक्रममा विभिन्न ५ देशका ६० बढी वक्ता तथा सबै सरोकारवालासहित ८०० सहभागी हुँदैछन् । नेपालमा सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यन्वयनगत अवस्थाको विश्लेषण र भावी कदमबारे बहस गर्न आयोजित कन्क्लेभमा डिजिटल नेपाल सम्बन्धी विभिन्न ५ वटा थिममा १० बढि सेसनहरु सञ्चालन हुनेछन् ।

कन्क्लेभमा ह्वावे सिंगापुरबाट इन्डस्ट्री एक्पर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जिएम डा. पल्लब शाह, अमेरिकाबाट पारास्कोमा इंकमा केन एयरहर्ट लगायतको किनोट प्रस्तुती रहेको छ ।

यसैगरी नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। बैकुष्ठ अर्याल, आइसिटी विज्ञ मनोहर भट्टराई र बैंकर अनिल शाहको किनोट प्रस्तुती रहेको छ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेछ भने कार्यक्रमको बिशिष्ट अतिथि र वत्ताको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन ।

कन्क्लेभका सेसनहरुमा पहिलो दिन किनोट प्रस्तुती र उद्घाटन पश्चात डिजिटल इन्फास्ट्रक्चर एण्ड कनेक्टिभिटीको सेसन रहेको छ । यसैगरी दोश्रो सेसनको रुपमा डिजिटल स्किल, ट्यालेन्ट पुल एण्ड डिजिटल वर्कफोर्स फर डिजिटल नेपाल सेसन रहेको छ । पहिलो दिनको तेस्रो सेसनको रुपमा डेटा ग्याप्स, ब्रिजिङ द डेटा इन टु द सेन्टर स्टेज सेसन रहेको छ भने पहिलो दिनको अन्तिम सेसन डिजिटल इकोनोमी एण्ड इन्भेष्टमेन्ट अपर्चुनिटी सेसन रहेको छ ।

दोस्रो दिन किनोट प्रस्तुतीसँगै इमर्जिङ टेक्नोलोजिज फर डिजिटल ट्रान्सफरमेशन, डिजिटल आन्टरप्रेनरसिप र साइबर सेक्युरिटी सम्वन्धी सेसनहरु रहेका छन । त्यसैगरी सोहि दिन डिजिटल फिनोभेसन एण्ड बियोण्ड फर डिजिटल सोसाइटी, बिउल्डिङ डिजिटल लिडरसिप र अन्त्यमा डिजटल रुपान्तरणको लागि अबको बाटो सम्वन्धी महत्वपुर्ण सेसनहरु रहेका छन । कन्फ्रेन्स सेसनहरुसँगै डिजिटल नेपाल सम्वन्धी केहि प्रदर्शनी स्टलहरु प्नि रहनेछन भने ह्वावेले सोहि समयमा छुट्टै हलमा ‘लाइटिङ अप द फ्युचर’ नाममा नयाँ प्रविधिहरु प्रदर्शनी पनि रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा डिजिटल नेपालको फ्रेमवर्क, एजेण्डा, अवधारणा र डिजिटल रूपान्तणका विषयमा वृहत छलफल तथा अन्र्तकृया हुने आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले जानकारी दिए । डिजिटल नेपाल फ्रेमवर्क २०१९ सार्वजनिक भएपश्चात यस विषयमा केन्दि«त सम्भवत यो पहिलो बृहत कार्यक्रम रहेको उनले बताए । आयोजकले सातै प्रदेशमा मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि र सरोकारवालाहरुसँग प्रदेशमा भइरहेको डिजिटल रुपान्तरणका अभ्यास र प्रयासहरुको बारेमा बहस सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल बस्तुस्थितीसहितको रिपोर्ट पनि आयोजकले कार्यक्रममा सार्वजनिक गर्नेछ ।

डिजिटल नेपाल कन्क्लेभमा सरकारी निकाय र विभिन्न मन्त्रालयका सचिवहरु, डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत ८ महत्वपुर्ण क्षेत्रका सरोकारवालाहरु, कर्पोरेट तथा बैकिङ क्षेत्र, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका अग्रज, विज्ञ तथा उद्यमीहरु सहित ८०० बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । ‘डिजिटल रूपान्तरणका लागि डिजिटल नेपाल कन्क्लेभ’ नारासहित आयोजना भइरहेको कार्यक्रमको शीर्ष प्रायोजक ह्वावे, सह प्रायोजक इन्फोडेभलपर्स र कनेक्टेड बाईमा एनसेल रहेको छ ।

त्यस्तै कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नास्ट, नेपाल उद्योग वाणिज्य महासंघको सहयोग रहेको छ । कन्क्लेभको डेभलपमेन्ट पार्टनरको रुपमा द एसिया फाउण्डेशन रहेको छ । यसैगरी बैंकिङ पार्टनरमा एनआइसी एसिया, डिजिटल पेमेन्ट पार्टनरमा नेपाल क्लियरिङ हाउस, नलेज पार्टनर प्रेसिडेन्सियल विजनेश स्कुल, अफिसियल पार्टनर नेपाल टेलिकम रहेका छन् । कार्यक्रममा नेपाल बैंक लिमिटेड, रारा ल्याब्स, फ्रस्ट एण्ड सुलेभियन, सीआरआई नेपाल लगायतका संस्थाहरुको सहकार्य रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।