बाह्य ऋण १० खर्ब नजिक, प्रतिव्यक्ति वैदेशिक ऋणभार साढे ३२ हजार रुपैयाँ

0
Shares

पुँजीगत खर्च परिचालन पर्याप्त नभइरहका बेला देशको विदेशबाट ल्याएको ऋण मात्रै करिव १० खर्ब पुगेको देखिएको छ । माघ, फागुन र चैतको तीन महिनामामात्र २८ अर्व विदेशी ऋण थपिएपछि देशको बाह्यक ऋण बढेको हो ।

०७८ चैतमसान्त सम्मको सरकारी तथ्याङ्क अनुसार ९ खर्व ७६ अर्व विदेशी ऋण पुगेको छ । यसअनुसार प्रतिव्यक्ति वैदेशिक ऋणभार ३२ हजार ५४८ रुपैयाँ पुगेको देखिन्छ । गत पुस मसान्तसम्म नेपालले नौ खर्ब ४८ अर्ब ९८ करोड रपैयाँ बाह्य ऋण लिएको थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक ऋण प्रत्येक महिना करिब १ प्रतिशतले बढ्ने हुन्छ । माघ, फागुन र चैतको तीन महिनामामात्र २८ अर्व विदेशी ऋण थपिएको छ । यो अनुपातलाई आधार मान्ने हो भने जेठ मसान्तसम्म १० खर्व माथि पुग्ने निश्चित छ ।

ऋणको व्याज मात्र नभई पछिल्लो समय डलर मूल्य बढेकाले सरकारमाथि थप दायित्व परेको छ । चैतमसान्त सम्मको आँकडा अनुसार डलरको विनियमय दर बढेकै कारण थप १९ अर्व ३७ करोड रुपियाँ दायित्व बढेको हो । प्रतिडलर विनिमयदर माघ १ मा ११८ रुपैयाँ ९५ पैसा रहेकामा चैत ३० गते १२२ रुपियाँ १२ पैसा पुगेको छ । आजको दिनमा यो दर १२५ रुपियाँ २२ पैसा पुगिसकेको छ ।

यसले ऋण भुक्तानीमा सरकारलाई थप दबाव पर्नेछ । सरकारले विभिन्न विकास आयोजना देखि प्रसासनिक कार्यका लागि समेत वैदेशिक ऋण लिने गरेको छ । नेपालले विदेशी ऋण बापतको साँवा ब्याज डलर मै भुक्तानी गर्नुपर्ने हुन्छ । डलरको भाउ बढ्दा त्यसको असर ऋण भुक्तानीमा देखिएको हो । समिक्षा अवधिमा सरकारले १ अर्व ३९ करोड रुपियाँ ऋण तथा ब्याज भुक्तानी गरेको देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।