नबिल र नेपाल बङ्गलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेदेखि

0
Shares

नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकले असार २७ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।  नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई ४३ रुपैयाँमा खरिद गरेर असार २७ गते सोमबारदेखि एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

एकीकृत काराबोरका लागि दुबै बैंकलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिएको थियो । त्यसपछि कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्राप्ति हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण ऋण धन र दायित्वहरु प्राप्ति गर्ने नबिल बैंक लिमिटेडले सकार्ने गरी अन्तिम स्वीकृति दिएको थियो ।

राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयबाट अन्तिम स्वीकृति पाएसँगै नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको असार १९ मा बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकले प्राप्ति पश्चात् नविल बैंक लिमिटेडको नामबाट २०७९ असार २७ गते सोमबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि गत जेठ ७ गते सम्पन्न दुबै बैंकको विशेष साधारण सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेका थिए ।

प्राप्ति पश्चात नेपाल बङ्गलादेश बैंकका सेयर लगानीकर्ताले १०० बराबर नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । एकीकृत बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

नबिल बैंकले यसअघि नै असार १७ गतेदेखि एनबी बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई सीईओ नियुक्त गरिसकेको छ । ढुंगानाले शुक्रबार नै आफ्नो कार्यभार समेत सम्हालिसकेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।