हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, कतिले पाउँछन् सेयर ?

0
Shares

हिमालयन हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड आज मंगलबार बिहान साढे ८ बजे हुनेछ ।

आईपीओ बाँडफाँड कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा हुनेछ ।

हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि प्रतिसेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो ।

जारी सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुलाई बाँडफाँड गरिएको छ । १८ लाख ३० हजार ४७२ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

करिब साढे १४ लाखको हात खाली हुँदै

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार कम्पनीको आईपीओ करिब साढे १४ लाखले नपाउने तथ्याङ्क देखिएको छ ।

निर्देशिका अनुसार कम्पनीको सेयर १ लाख ८३ हजार ४७ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् । यसरी बाँडफाँड गरेर बाँकी रहेको २ कित्ता सेयर गोलाप्रथाबाट सेयर प्राप्त गरेका आवेदकमध्ये २० कित्ताभन्दा धेरै कित्ता माग गर्दै आवेदन दिएकामध्ये २ जनाले थप १।१ कित्ता बाँडफाँड हुनेछ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १६ लाख २६ हजार ४३० आवेदन परेको छ । यो तथ्याङ्क अनुसार १४ लाख ४३ हजार ३८३ आवेदकको हात खाली हुनेछ । यद्यपी यो तथ्याङ्क अन्तिम तथ्याङ्क नभएकाले अयोग्य र रद्द आवेदनपश्चात कायम तथ्याङ्कबाट मात्रै यकिन रुपमा भन्न सकिने भएकाले अन्तिम तथ्याङ्क भने बाँडफाँड पश्चात मात्र प्राप्त हुनेछ ।

अन्तिम दिनसम्म कम्पनीको सेयरमा १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख १९ हजार ९८० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ । पुन सर्वसाधारणबाट माग भएको १८ करोड ३० लाख ४७ हजार २०० रुपैयाँको १०.०६ गुणा बढी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।