सिटिजन्स बैंकको खुद नाफा २५% बढ्यो, २२५ करोड खुद नाफा आर्जन

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले अघिल्लो आवको तुलनामा गत आवमा २४.७६ प्रतिशतले नाफा वृद्धि गरेको हो । आव २०७७।७८ मा बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कर्जा र निक्षेप संकलनमा सामान्य सुधार गरेपनि बैंकले खुद नाफामा भने सुधार भएको हो ।

नाफा बढेसँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १.९१ रुपैयाँ बढेर १५.८५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४५.३९ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२.७७ गुणा बढी छ ।

चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको बैंकको २०७९ असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । बैंकको जगेडा कोष २.१३ प्रतिशत बढेर ६ अर्ब ४४ करोड ५५ लाख रुपैयाँ सञ्चित भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधारिएका छन् । बैंकको खुद ब्याज आम्दानी ४०.२९ प्रतिशत, फि तथा कमिसन आम्दानी १५.५७ प्रतिशत, सञ्चालन नाफा २४.९४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको निक्षेप ८.६५ प्रतिशत र कर्जा १०.६८ प्रतिशत बढेको छ ।

गत आवमा बैंकले १ खर्ब ५२ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ५ अर्ब १२ करोड १२ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी, ८६ करोड ९० लाख ७४ हजार रुपैयाँ फि तथा कमिसन आम्दानी, ३ अर्ब ६ करोड ७६ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंकको खराब कर्जा अनुपात १.८७ प्रतिशत, पुँजी कोष अनुपात १२.९३ प्रतिशत, कर्जा निक्षेप अनुपात ८५.२० प्रतिशत, निक्षेप संकलन लागत ८.१७ प्रतिशत, आधार दर १०.०९ प्रतिशत र स्पेडदर ४.२५ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।