माछापुच्छ्रे बैंकको नाफा सवा २ अर्ब, साढे ३४ प्रतिशत बढ्यो

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले अघिल्लो आवको तुलनामा गत आवमा ३४.४३ प्रतिशतले नाफा वृद्धि  गरेको हो ।

आव २०७७/७८ मा बैंकले १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कर्जा र निक्षेप संकलनमा १० प्रतिशत बढीले सुधार गरेपनि बैंकको यस अवधिमा इम्पेरमेन्ट चार्ज घटेपछि खुद नाफामा आकर्षक सुधार भएको हो ।

नाफा बढेसँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३.३१ रुपैयाँ बढेर २१.०७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४५.७० रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२.०६ गुणा बढी छ ।

चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको बैंकको २०७९ असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ रहेको छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १२.९५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । बैंकको जगेडा कोष २२.९० प्रतिशत बढेर ४ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ सञ्चित भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधारिएका छन् । बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत, फि तथा कमिसन आम्दानी १४.९५ प्रतिशत, सञ्चालन नाफा २६.७५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको निक्षेप १०.१९ प्रतिशत र कर्जा १३.२० प्रतिशत बढेको छ ।

गत आवमा बैंकले १ खर्ब ४५ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ५ अर्ब ७ करोड ६९ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी, १ अर्ब १६ करोड ३१ लाख ३५ हजार रुपैयाँ फि तथा कमिसन आम्दानी, ३ अर्ब १३ करोड ४० हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.८४ प्रतिशत, पुँजी कोष अनुपात १३.४७ प्रतिशत, कर्जा निक्षेप अनुपात ८६.१६ प्रतिशत, निक्षेप संकलन लागत ७.७५ प्रतिशत, आधार दर ९.८६ प्रतिशत र स्पेडदर ४.३३ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।