सिन्धु विकास बैंकको बाह्रौं वार्षिक साधारण सभाबाट मर्जर तथा एक्वीजिशन प्रस्ताव पारित

0
Shares

सिन्धु विकास बैंक लिमिटेडको बाह्रौं बार्षिक साधारण सभाबाट उपयुक्त बैंक तथा वित्तिय संस्थाहरुसँग मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

मिरावल रिर्सोट एण्ड होटल धुलिखेल, काभ्रेपलाञ्चोकमा साउन ६ गते शुक्रबार सम्पन्न बैंकको सभाले सो प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन लगायत सर्वसाधारण समुहको तर्फबाट आगामी ४ बर्षका लागी संचालक समेत चयन गरेको छ । सभाले संजिव प्रधान, समिर कक्षपति र बसन्त कुमार कटुवाललाई निर्विरोध निर्वाचित गरेको हो ।

बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनहरुमा बाग्मती प्रदेश कै अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजानका लागि गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्दै बैंकको लक्ष्य प्राप्तीमा लागी आवश्यक रणनीतिहरु लिईने बताए ।

साथै उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य तथा कर्मचारी सञ्चय कोषका प्रतिनीधि दिनेश कुमार केसीले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए । सेयरधनीहरुका तर्फबाट नरेश लाल श्रेष्ठ, शम्भु बहादुर तिमिल्सीना, डम्बरु बल्भ घिमिरे लगायतले आफ्नो मन्तब्य राख्खेका थिए ।सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले सेयरधनीका तर्फबाट उठेका जिज्ञाशाहरुको जवाफ दिँदै बैकको भावी योजना तथा रणनीतिका बारेमा प्रस्ट पारेका थिए ।

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित बैंकले हालसम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २५ शाखा र १ सिमिति बैकिङ्ग ईकाई गरी कुल २६ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।