राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ३० अर्ब तरलता पठाउँदै

0
Shares

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता सहज बनाउनका लागि ३० अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले रिपो मार्फत उक्त रकम वित्तीय प्रणालीमा पठाउन लागेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत अन्तर बैंक कारोबार दर नीतिगत दर भन्दा २ प्रतिशत धेरै विन्दुले बढेको अवस्थामा रिपो जारी गर्ने व्यवस्था गरेको छ ।

हाल अन्तर बैंक कारोबार दर ८.५ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले नीतिगत दरलाइ ७ प्रतिशत तोकेको छ । नीतिगत दर भनेको राष्ट्र बैंकले रिपो जारी गर्दा बैंक वित्तीय संस्थाले तिर्नुपर्ने दर हो ।

वित्तीय प्रणालीमा तरलता कसीलो स्थीतीमा रहदा अन्तर बैंक ब्याजदर बढ्दै जान्छ । सोही कसीलो तरलता अवस्थालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले रिपो जारी गर्ने गर्छ ।

राष्ट्र बैकले बिहीबार एक साता अवधिको ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्न लागेको हो । यो चालु आर्थिक वर्षको पहिलो रिपो हो।

साउन १९ गते परिपक्क हुने उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले बिहीबार दिउँसो ३ बजेसम्म माग आवेदनको बोल कबोल गर्न सक्छन । बैंकहरुले आफूसँग भएको सरकारी ऋणपत्र धितो राखेर केन्द्रीय बैंकबाट कर्जा लिन पाउँछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।