एभरेष्ट बैंकको खुद नाफा ४४% ले बढ्दा वितरण योग्य ६५ प्रतिशतले बढ्यो

0
Shares

एभरेष्ट बैंक (EBL) ले गत आर्थिक वर्ष ०७८/०७९ मा २ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.७७ प्रतिशत धेरै हो ।

बैंकले अघिल्लो वर्ष १ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा बढेपछि खुद नाफा बढेको हो ।

बैंकको वितरणयोग्य नाफा बढेर ३ अर्ब ८९ करोड ५४ लाख पुगेको छ । जसका आधारमा बैंकले ४१ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्दछ । बैंकको वितरण योग्य नाफा ६४.७२ प्रतिशतले बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशत तथा सञ्चालन नाफा ४२.८२ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३४.३३ प्रतिशत बढेको छ। बैंकले गत आवमा ५ अर्ब ४२ करोड खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा ३ अर्ब ६३ करोड रुपैयाँ गरेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप १२.५७ प्रतिशत र कर्जा १३.९३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले एक खर्ब ७२ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ४५ अर्ब कर्जा लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी ५.९७ प्रतिशत बढेको छ भने जगेडा कोष १२.५७ प्रतिशत बढेको छ। बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड रुपैयाँ तथा जगेडा कोषमा ९ अर्ब रुपैयाँ छ।

बैंकको निष्क्रिय कर्जाको अनुपात दोब्बर पुगेको छ । अघिल्लो वर्ष ०.१२ प्रतिशतमा सिमित बैंकको खराब कर्जा असार मसान्तसम्म आइपुग्दा ०.२४ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा बैंकको कर्जा जोखिम व्यवस्थापन बापतको रकम पनि २६ करोडबाट बढेर ४६ करोड नाघेको छ ।

बैंकको नाफा बढ्दा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८२ पैसाबाट बढेर २६ रुपैयाँ ८९ पैसा पुगेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढ्नाले बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएको हो ।

बैंकको मूल्य आम्दानी अनुपात १७.७७ गुणा गुणा छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।