नियामकिय निर्देशन पालना नगर्ने दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले तिरायो जरिवाना

0
Shares

नेपाल राष्ट्र बैंकले स्टयाण्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई जरिवाना तिराएको छ ।

नियामकिय निर्देशन पालना नगरेको पाइएपछि राष्ट्र बैंकले यी दुई बैंकलाई जरिवाना तिराएको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा राष्ट्र बैंकले अनिवार्य नगद मौज्दा ( सीआरआर)  तर बैधानिक तरलता अनुपात (एसएलआर)  कायम नगरेकाले स्टयाण्डर्ड चार्टर्ड र एनसीसीलाई बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार स्टयाण्डर्ड चार्टर्ड बैंकले ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा तथा एनसीसी बैंकले ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तिरेका हुन।

गत आर्थिक वर्षमा कुल निक्षेपको ३ प्रतिशत सीआरआर र १० प्रतिशत एसएलआर कायम गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्थालाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले परिवर्तन गरेको छ ।

भदौ १२ देखि वाणिज्य बैंकहरुले ४ प्रतिशत सीआरआर र मंसिरदेखि १२ प्रतिशत एसएलआर कायम गर्नुपर्नेछ । यी अनुपात कायम नगर्नेलाई राष्ट्र बैंकले कारबाहीस्वरुप जरिवाना गर्दछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।