एकैदिन दुई ‘सिफ्ट’ मा मेडिकल शिक्षा पढाउने सरकारको नीति कार्यान्वयन गर्न निर्देशन

एकैदिन दुई ‘सिफ्ट’ मा मेडिकल शिक्षा पढाउने सरकारको नीति कार्यान्वयन गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एकै दिन दुई ‘सिफ्ट’ मा मेडिकल शिक्षा पढाउने नीति कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

सोमबार चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा नै मेडिकल शिक्षा एकै दिन दुई ‘सिफ्ट’ मा उल्लेख भएको बताउँदै कार्यान्वयन गर्न निर्देशन दिए ।

उनले भने, “दुई सिफ्टमा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम र बजेटमा उल्लेख भएको छ,’ मन्त्री पौडेलले निर्देशन दिँदै भने, ‘यसलाई कार्यान्वयन गरौं आवश्यक भौतिक पूर्वाधार तथा जनशक्तिका लागि अर्थमन्त्रालयसँग बजेट मागौं ।”

शिक्षामन्त्री पौडेलले मेडिकल विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासो बढेको समेत बताए । ‘नर्सिङ लगायतका विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भीर तरिकाले उठेको छ’ मन्त्री पौडेलले भने, ‘कानुन संशोधन गरेरै भएपनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔं ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ साउन २०७९, सोमबार १६ : २४ बजे