एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को इकाई बिक्री भोलिबाट खुल्दै

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को इकाई बिक्री भोलिबाट खुल्दै

एनएमबि क्यापिटलले साउन २६ गते बिहीबारदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ नामक म्युचुअल फन्डको योजना बिक्री खुला गर्ने भएको छ ।

बिहीबारदेखि फण्डको एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२को १ अर्ब २० करोड मूल्यको दश रुपैयाँ अंकत दरका कुल १२ करोड इकाई निष्कासन तथा बिक्री खुला हुन लागेको हो ।

कुल जारी इकाईमध्ये १ करोड ६८ लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत कोष प्रवद्र्धक एनएमबि बैंक तथा १ प्रतिशत इकाई वा १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इकाई खरिदका लागि छिटोमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त उक्त अवधिमा जारी सबै इकाई बिक्री नभएको खण्डमा भने लगानीकर्ताले ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन पाउनेछन् ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ मा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा वेवसाइटबाट पनि आवेदन दिन सक्नेछन् ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ दश वर्ष अवधि रहेको एक बन्दमुखी योजना हो । यस योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्षपछि परिपक्क हुनेछ । यसबीचमा फण्डले गर्ने मुनाफा हरेक वर्ष इकाईधनीले पाउनेछन् भने दश वर्षपछि साँवा सहित एकमुष्ट रुपमा फिर्ता पाउनेछन् । यसका अलवा फण्डको इकाई धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

एनएबि क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ जारी गरिसकेको छ । आव २०७१।७२ मा बिक्री गरिएको पाँच वर्ष अवधिको उक्त फण्ड २०७६ कार्तिक २ गते परिपक्क भैसकेको छ । एनएबि क्यापिटलको व्यवस्थपनमा एनएनबि म्युचुअल फन्ड अन्तर्गत हाल एनएमबि हाइब्रिड फण्ड एल १, र एनएमबि ५० गरी दुई वटा बन्दमसुखी योजना सञ्चालनमा रहेका छन् । दुबै फण्डले गत आवबाट २१. प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । यस्तै क्यापिटलले हालै मात्र एनएमबि सरल बचत इ नामक खुलामुखी फण्ड समेत सञ्चालन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ साउन २०७९, बुधबार १० : ५९ बजे