माछापुच्छ्रे  बैंकले ल्यायो एमबिएल एम-स्मार्टमा नयाँ सुविधा, फोनबाटै मुद्दती निक्षेप धितोमा कर्जा

0
Shares

माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एमस्मार्टमा नयाँ सुविधा ल्याएको छ ।

बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ्ग एप, एमबिएल एमस्मार्टमा स्मार्ट ‘लोन एगेन्स्ड फिक्स्ड डिपोजिट’ सुविधाको सुरुवात गरेको छ ।

उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा ‘लोन एगेन्स्ड फिक्स्ड डिपोजिट’ सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् ।

विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।

माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरि अनलाईन तथा मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा ‘लोन एगेन्स्ड फिक्स्ड डिपोजिट’ सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्नेछन् ।

यस एमबिएल एमस्माट एपमा आफँले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिष्ट्रेसन गर्न सकिने, मोबाईलफोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको छन् ।

बैंकले एमबिएल एमस्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।