एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देश सहितको भिडियो सार्वजनिक

0
Shares

देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि वढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ । साथै, अधिकतम् बल, बुद्धि र विवेक सहितको अठोटले कठिन उचाइहरु समेत सहजै चुम्न सकिने सन्देश समेत रहेको छ ।

बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धीहरुलाई मनन् गर्दै हाल पाँच वर्षे ‘अठोट २२–२७’ रणनीति तय गरेको छ । जसमा बैंकले आफुलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको बताएको छ ।

<

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।