फोर्स मोटर्सको दशैँ तिहार अफर, नगद छुटसहित आकर्षक उपहार

0
Shares

फोर्स मोटर्सका आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले नेपालीहरुको महान चाड दशैँ र तिहारको अवसरमा कुनै पनि गाडीको खरीदमा उपहारको वर्षा लिएर आएको छ ।

जस अन्तर्गत आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टि.भि., स्मार्ट फोन लगायतका उपहारको वर्षा ल्याएको छ । यस अफर आजको मितिदेखि लागु भई छट पर्व अर्थात २०७९ कार्तिक १३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

बिगत ८ वर्ष देखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली मार्फत आफ्ना गाडीहरुको बिक्रि वितरण गर्दै आईरहेको छ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँ को गैहिृधारा ,पोखराको चाउथे र सुन्सरीको इटहरी आफ्नै शोरुम संचालनमा ल्याएको छ ।

यस्तै स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा , झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री वितरणमा ल्याईरहेको छ ।

ग्राहक वर्गले आफुलाई पायक पर्ने स्थानमा गएर यस अफरको फाइदा लिन सक्नुहुनेछ । साथै यी सम्पुर्ण शोरुमा थि«एस सेल, सर्भिस र स्पेयरपाटर्स सहित को सुविधा रहेको कम्पनीले जानकारी गराएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।