मोवाईल बैंकिङ्गको फण्ड ट्रान्सफरमा ‘टुविस्ट अफ टू’ अफर

0
Shares

नेपाल क्लियरीङ्ग हाउस लिमिटेडले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोवाइल बैंकिङ्गबाट गरिने फण्ड ट्रान्सफरमा “टुविस्ट अफ टू” को अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता मोवाइल बैकिङ्गको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुमध्ये १०२ जनाले रु. १०२ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सो अफर भाद्र १९ गते देखि असोज २९, २०७९ गतेसम्म लागु हुनेछ । आईतबार देखि शनिबार सम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु छानिने छन् र सोको जानकारी हरेक हप्ताको अन्त्य पछी www.connectips.com मा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग–इन गरी, फण्ड ट्रान्सफर वा सेण्ड मनिमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपिएसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपिएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस टुविस्ट अफ टू” अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । कनेक्ट आईपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आईपिएसमार्फत प्रति दिन प्रति कारोबार रु. २ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

कनेक्ट आईपिएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपिएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । कनेक्ट आईपिएस मार्फत चालु आर्थिक वर्षको करिब देढ महिनामा ३९५ अर्ब बराबरको ५२ लाख भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।