कामना सेवा विकास बैंकद्वारा डिजिटल विक सार्वजनिक

0
Shares

कामना सेवा विकास बैंकले डिजिटल माध्यम मार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि मिति डिजिटल विक सार्वजनिक गरेको छ ।

बैंकले २०७९ साल भाद्र १९ गते आईतबार देखि २०७९ साल भाद्र २४ गते शुक्रबार सम्म केएस डिजिटल विक सार्वजनिक गरेको हो ।

नगद छोडौं, डिजिटल रोजौं कार्यक्रम अन्तर्गत यस केएस डिजिटल विकमा कामना सेवा विकास बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० रुपैयाँ वा १५% बोनस बापत कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन ।

साथै बैंकका ग्राहकले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन । आईएमइपे तथा खल्ति डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिङ्क गरि एक सय रुपैयाँसम्मको क्यास ब्याक लगायत अन्य थुप्रै डिस्काउन्ट र आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन ।

बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स फोनपे, एफवान सफ्ट, एनसिएचएल, भिसा, आईएमइपे र खल्ति डिजिटल वालेटसँगको संयुक्त साझेदारीमा ल्याएको हो।

बैंकले डिजिटल कारोबार लाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेकोे डिजिटल पेमेन्ट इयर लाई टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।