स्रोत नखुलेको १५ लाख नगदसहित दुईजना पक्राउ

स्रोत नखुलेको १५ लाख नगदसहित दुईजना पक्राउ

सर्लाहीको मलंगवा नगरपालिका–८, स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रुपैयाँसहित दुईजना पक्राउ गरेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका–६ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बस्दै आएका ३५ वर्षीय जनकराज हमालसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरू नेपालबाट भारततर्फ जाँदै गरेको बा९८प ७१५८ नम्बरको मोटरसाइकलमा सवार थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बलसहितको टोलीले जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ भदौ २०७९, आइतबार १३ : ०६ बजे