अप्रिलिया रिफ्रेसमेन्ट राइड र्‍यालीमा ३४ स्कुटर सहभागी

0
Shares

एमभी दुगड ग्रुपअन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्स प्रालिले पनौतीमा अप्रिलिया रिफ्रेसमेन्ट राइड र्‍याली आयोजना गरेको छ।

कम्पनीले बालकुमारीमा रहेको भेष्पा अप्रिलिया शोरुमबाट सुरु गरी डाइमन्ड हिल रिसोर्ट पनौतीसम्म र्‍याली आयोजना गरेको हो।

कम्पनीका उपाध्यक्ष विजय महतोले अप्रिलिया स्कुटरको ग्राहकलाई एकै परिवारमा समेटेर राइड आयोजना गरिएको बताए। राइडमा सहभागीलाई मनोरञ्जन, अन्तर्क्रिया र दुई पांग्रे जीवनशैलीसँग जोड्नु यसको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

राइडमा ३४ अप्रिलिया स्कुटरमा ४१ जना सहभागी थिए।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।