एनआईसी एशिया बैंकका ग्राहकले दराजमा २५ सयसम्म छुट पाउने

0
Shares

एनआईसी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार सम्मको छुट उपलब्ध हुनेछ र क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ सम्मको छुट उपलब्ध हुनेछ । यो योजना २०७९ भाद्र २९ देखि २०७९ आश्विन ११ सम्मको लागि लागू हुन बैंकले जनाएको छ ।

चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई-कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन ।

बैंकले मुलुकभरका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।