नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० गते

नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० गते

नेपाल उद्योग व्यापार महासंघले भदौ ३० गते प्रथम महाधिवेशन गर्ने भएको छ । 

उक्त कार्यक्रममा देशभरका कम्तिमा ७५० वा प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुको उपस्थिति रहनेछ ।  उक्त कार्यक्रमको प्रमख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष श्याम बहादुर पाठकले महाधिवेशनले नकारात्मक अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधारका लागि थप सहयोग पुर्याउने बताए । उनले उत्पादनका क्षेत्रमा राज्यको ध्यान नपुगेको बताए । उनले भने, ‘नेपाल उत्पादनको क्षेत्रमा धेरै सम्भावना भएको देश हो । विश्वका धनी व्यक्तिको दाँजोमा पुग्ने स्रोत र साधनहरु मुलुकमा छन् । सरकारले उत्पादनका क्षेत्रमा आवश्यकता अनुसारको नीति नियम बनाउन सकेन ।’

सरकारको नीतिका कारण नेपालको लगानी अनुत्पादन क्षेत्रमा गइरहेको उनको भनाई छ । अध्यक्ष पाठकले भने, ‘सरकारले उत्पादनमा जोड दिने भनेको छ । तर, नेपाल पैसा भने अनुत्पादक क्षेत्रमा बढि गएको छ । केही पैसा पनि सीमित घराना व्यक्तिको हातमा छ ।’

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २९ भदौ २०७९, बुधबार ११ : ४३ बजे