नेपाल–रसिया चेम्बरको अध्यक्षमा अशोक शेरचन र महासचिवमा विष्णुहरी पाण्डे निर्वाचित


नेपाल–रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औँ साधारण सभाले प्रमुख बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै कमर्सको महासचिवमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य, उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा निर्वाचित भएका छन् । कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल निर्वाचित भए ।

यसैगरी कार्यकारिणी समितिको सदस्यमा अनुज भट्टराई, दीपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ, अमृत खड्का, अनिल मानन्धर, रुपक राजवंशी, सञ्चित बज्राचार्य, गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा र सरोज पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ असोज २०७९, शुक्रबार १६ : ५३ बजे