एभरेष्ट बैंकको २० लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत

0
Shares

एभरेष्ट बैंकको २० लाख इकाई ऋणपत्र शुक्रबार नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत साउन १८ गतेदेखि भदौ १ गतेसम्म बिक्री गरेको ‘एभरेष्ट बैंक डिबेन्चर २०८५’ सूचीकरण भएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो ।

उक्त ऋणपत्र शुक्रबार सूभीकृत भएसँगै आइतथबारदेखि लगानीकर्ताले आइतबारदेखि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।
ऋणपत्रका लगानीकर्तालाई बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर दिनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।