चाडपर्वको बहार, यतीमा उड्दा उपहारै–उपहार

0
Shares

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर आफ्ना यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ।

‘यतीमा मङ्गलमय फ्लाईट, बम्परमा जितौँ नयाँ राइड’ योजना अन्तर्गत बम्पर उपहारमा भाग्यशाली ‘रे जेडआर’ स्कुटर, हिराको टप र वासिङ मेसिन प्रदान गर्ने भएको हो।

यात्रुहरुले बम्पर उपहारको साथसाथै हात खाली नजाने उपहार स्वरुप दराज, भोज डिल्स र नमस्ते पे को डिस्काउन्ट भौचरका साथै हरेक हप्ता एकरएक जनालाई निःशुल्क फ्रि माउन्टेन फ्लाईट र रिटर्न टिकट प्राप्त गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।

घटस्थापनाको दिनदेखि लागू हुने यस दशैँ, तिहार र छठ योजना अन्तर्गत प्रथम पुरस्कारको प्रयोजन यमाहा, दोस्रो पुरस्कार श्री बालाजी डायमण्ड ९एसबिडी० र तेस्रो पुरस्कार यसुदाको आधिकारिक बिक्रेता बिग डिजिटलले प्रायोजन गरेको हो । त्यस्तै, हात खाली नजाने उपहारहरुको प्रायोजन भने दराज, भोज डिल्स, नमस्ते पे र यती एयरलाइन्सले गरेको छ ।

असोज १० गते (घटस्थापना) देखि कात्तिक २५ गतेसम्म चल्ने यो योजना अन्तर्गत अग्रीम टिकट बुकिङ गरी सोही समयाधिमा उडान भर्ने सम्पूर्ण यात्रुहरुलाई यो योजना लागू हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

तीन वटा बम्पर उपहारहरु जित्नको लागि तोकिएको समावधिभित्र यती एयरलाइन्ससँग यात्रा गर्नुपर्ने छ । हात खाली नजाने उपहारको लागि यती यात्रुहरुले विमानस्थलमा ‘चेक–ईन’ गर्दा बोर्डिङ पाससँगै प्रदान गरिने कुपनमा रहेको ‘क्यूआर कोड’ स्क्यान गर्नुपर्ने छ ।

त्यस्तै, हरेक हप्ता ‘फ्रि रिटर्न टिकट’ जित्नको लागि सोही कुपनको फोटो खिची यती एयरलाइन्सलाई सोसल मिडियामा ट्याग गर्नुपर्ने छ भने ‘फ्रि माउन्टेन फ्लाईट’ टिकटको लागि एयरलाइन्सले हप्तै पिच्छे ‘लक्की ड्र’गर्ने बताइएको छ । यात्रुरुले एकपटक यात्रा गर्दा नै २र३ वटा पुरस्कार जित्न सक्ने सम्भावना रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।