टाटा मोटर्सको ‘वडा पर्वको वडा अफर’ दशैं योजना सार्वजनिक

0
Shares

नेपालका लागी टाटा मोटर्सको अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्गले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि वडादशैं २०७९ को अवसरमा वडा पर्वको वडा अफर दशैं योजना ल्याएको छ ।

वडा पर्वको वडा अफर दशैं योजना अन्तर्गत टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ । जुनसुकै ब्राण्डका गाडिसंग टाटाका गाडि एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सकिनेछ भने यस संगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै निशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाईनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेका छन । स्टक सिमित मात्रामा भएकाले यस वडा पर्वको वडा अफर अन्तर्गत गाडी खरिद गर्ने ग्राहकलाई दशैं अगावै डेलिभरी दिईने जनाएको छ ।

ग्राहकले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।