रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना सार्वजनिक

रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना सार्वजनिक

रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ ।

यो योजना असोज १० गते सुरु हुने छ । यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभि, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत असोज १० देखि कात्तिक १४ गतेसम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ता छनोट गरिने छ ।

यो योजनामा सहभागि हुनको लागि कम्पनीको वेवसाइटमा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद गरेको स्र्माट्फोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ ।

छानिएका विजेताहरु मध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् । ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको फोर के टिभि जित्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ९ असोज २०७९, आइतबार १७ : ५४ बजे