मंगलम् पाइप्सको बृहत टेक्निसियन मिट सम्पन्न

0
Shares

नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत टेक्निस्यन मिट सम्पन्न गरेको छ ।

शुक्रबार दिउँसो ४०० भन्दा बढी प्लम्बर टेक्निसियनहरुको उपस्थितिमा कार्यकम सम्पन्न गरिएको हो । अघिल्लो आर्थिक वर्ष उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनहरुलाई कम्पनीले उपहार प्रदान गरी सम्मान गरेको छ ।

कार्यकममा उपहार वितरण मुख्य आकर्षणको रुपमा रहेको थियो । कम्पनीले उत्कृष्ट काम गर्ने मध्ये टार्गेट स्ल्याब अनुसार ३२ इन्चको स्मार्ट टिभि १७ जनालाई, ब्राण्डेड ल्यापटप ११ जनालाई, एक तोला सुन ३६ जनालाई, डिस्कभर १२५ सिसी बाइक ८ जनालाई, पल्सर १५० सिसी बाइक ४ जनालाई, पल्सर २२० सिसी ३ जनालाई र बम्परमा ४ तोला सुन ८ जनालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा मंगलम् पाइपका प्रबन्ध निर्देशक अभिनव चुरिवालले उपहार हस्तान्तरण गरे । मिडियाको पनि बाक्लो उपस्थति रहेको कार्यक्रममा कम्पनीको तर्फबाट जानकारीमुलक तथा मनोरञ्जनात्मक सामग्रीहरु पनि प्रस्तुत गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।