सिटिजन्स बैंकले डाक्यो साधारण सभा, तिहारअघि नै १ अर्ब २८ करोड लाभांश बाँड्दै

0
Shares

सिटिजन्स बैंकले कात्तिक ४ गते १६ औं वार्षिक साधारण सभा डाकेको छ ।

असोज १२ गते सम्पन्न सञ्चालक समितिको ४०४ औं बैठकले कार्तिक ४ गते शुक्रबार बिहान ११ः०० बजे अमृृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौमा आह्वान गरेको छ ।

सिटिजन्स बैंक लाभांश घोषणा गर्ने र साधारण सभा डाक्नेमा पहिलो हो । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिले लाभांश घोषणा गरेको सो बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको नगद लाभांश पारित गरी वितरण गर्ने उदेश्यका साथ तिहार अघि नै साधारण सभा डाकेको हो ।

बैंकले गत आव २०७८/७९ बाट चुक्ता पुँजीको ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिटिजन्स बैंकको असोज ६ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँको ९ प्रतिशतले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो ।

गत वर्षको नाफाबाट हालसम्म अन्य वाणिज्य बैंकले गत आवबाट लाभांश घोषणा गरेका छैनन् । लगानी समुहमा सूचीकृत इन्फ्रास्टक्चर बैंकले भने ४.२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

सभामा बैंकले सेयर संरचना मिलाउने प्रस्ताव पनि लैजाँदैछ । सिर्जना फाइनान्स तथा तिनाउ मिसन डेभलपमेन्ट बैंक प्राप्तीका बखत सेयर संरचनामा दशमलव पछिका केही अंक मिलाउनुपर्ने भएकाले बैंकले सो एजेण्डा पनि सभामा लैजाँदैछ ।

यस्तै सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको एकीकृत वासलात र नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह स्वकीृत गर्नेछ ।

सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछ ।

असोज १२ गते सम्पन्न सञ्चालक समितिको बैठकले सौह्रौं वार्षिक साधारण सभा प्रयोजनार्थ बैंकले असोज २८ गते शुक्रबार एक दिन सेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार असोज २७ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेने लगानीकर्ताले मात्र उक्त लाभांश पाउनेछन् ।

 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।