नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखराको बतास ब्रदर्समा

0
Shares

१२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर दाबी गरिएको टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुने भएको छ ।

यो सँगै अब सर्वसाधारणले पोखरास्थित बतास ब्रदर्स प्रालिबाट स्कुटर खरिद गर्न सक्नेछन् ।

यो नयाँ मोडलमा कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।

यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उद्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ ।

यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटी फसनहरु समावेश गरिएको कम्पनीले जनाएको छ ।

यस अवसरमा टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने, “नेपाल सधैं हाम्रो लागि प्रमुख बजार भएको छ र यसले ग्राहकहरूका लागि हाम्रा प्रस्तावहरू ल्याउन पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । यो बाइक नेपालमा लन्च गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौ । टिभिएस एनटर्कले लन्च गरेदेखि नै नेपाली राइडरहरूबाट सबै सकारात्मक प्रतिक्रिया र प्रतिक्रियाहरू संकलन गरिसकेको छ ।’

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।