सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकका एक संस्थापक सेयरधनीले बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत आवेदन गर्न पाउने गरी बिक्रीमा आएको हो ।

बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न लागेका हुन् । 

बैंकले यसअघि पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

उक्त सेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरुले सूचना प्रकाशित भएको मिति ( असोज २५ गते मंगलबार) ले १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा निवेदन आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।