इष्टर्न हाइड्रोपावरको आइपीओमा बुधबारसम्म आवेदन दिन सकिने


इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको सवा ६ करोड आइपीओमा बुधबारसम्म आवेदन दिन सकनिे भएको छ । मंगलबार सार्वजनिक बिदा परेको हुनाले एक दिनको समय थप गरिएको विक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज २८ गते शुक्रबारदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर जारी गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा अवितरित ५० हजार ३१० कित्ता सहित सो संख्यामा सेयर जारी गरिएको हो।आईपीओमा सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सामुहिकलगानी कोष तथा २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता कर्मचारीलाई छुट्टाइएको छ ।कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको छ । सर्वसाधारणका लागि दोस्रो चरणमा सेयर जारी गरिएको हो ।लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म सेयर भर्न सकिनेछ ।केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा ‘केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

यो रेटिङ्ग प्राप्त संस्थामा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।