भेटायो एपको अफर : ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’

0
Shares

भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ ।

यस अफरमा भेटायोले एउटा घरमा पाँच हजार ८०० मा झिलिमिलि र बत्तीको जडान तथा वितारण निःशुल्क प्रदान गर्नेछ । कम्पनीले यसको बुकिङ मिति पहिले खुलाइसकेको छ भने सीमित समयको लागि मात्र रहेको कम्पनीले जनाएको छ ।

साथै, सफाइ, पेन्टिङ, लुगा धुने र सवारी धुने काममा समेत १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । थप यसमा महादक्षिणा प्रोमो कोड प्रयोग गरी ५ प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

साथै मेघा बिक्री अफरमा सरसफाई, पेन्टिङ, लुगा धुने र सवारी साधन धुन १५% सम्म छुट र थप यसमा महा दक्षिणा प्रोमो कोड प्रयोग गरी ५% छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी पञ्चकन्या एस.एस. ट्याङ्की सामसुङ वाशिङ मेसिन, एयर कन्डिसनर, गिजर आदि जस्ता विभिन्न वस्तुहरूमा विशेष छुट प्रदान गरेको जनाएको छ

भेटायोले धेरै विभिन्न संस्था तथा व्यक्तिहरूबाट ठूलो मान्यता र विश्वास कमाउन सफल भएको छ । यसले ३० दिनको सेवाको वारेन्टी दिने भएको कारण उचित मूल्यमा सेवाहरू प्रदान गर्दछ ।

दैनिक आवश्यकता अनुसारको कुनै पनि सेवा लिन सजिलै एप मार्फत बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिन्छ । 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।