शिखर इन्स्योरेन्सलाई उत्कृष्ट बीमा कम्पनीको पुरस्कार

0
Shares

शिखर इन्स्योरेन्सले नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार पाएकोे छ ।

उत्पादन, पोषण र वातावरण सुधारः सुखी जीवनको अधार भन्ने नारा सहित नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले आयोजना गरेको यस वर्षको ४२ औं विश्व खाद्य दिवस, २०२२ को कम्पनीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कृषि बीमा र दाबी फर्छ्यौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई नगद १० हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको हो । नेपालमा कृषि बीमामा बिकाश र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दाबी, दावीको व्यवस्थापन र फर्छौट गरेको आधारमा यो पुरस्कार प्रदान गरिएको हो ।

हरेक वर्ष अक्टोवर १६ तारिखमा विश्वभरी खाद्म संकट र भोकमरिको विरुद्ध एक्यवद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाईन्छ, नेपालमा ४२ औं विश्व खाद्य दिवस कृषक र सरोकारवाला निकायहरुको उपस्थितीमा सम्पन्न भएको हो ।

किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपुर्ति प्रदान गरेकै कारण यसै कम्पनीलाई दिगो कृषि र जैविक स्रोतका लागि एसिया नेटवर्कद्धारा २०१९ मा ५० हजार पाउण्ड स्ट्रर्लिङ बराबर पुरष्कार रासी प्रदान गरिएको थियो ।

स्थापना कालदेखि नै नेपाली बीमा क्षेत्रमा विशिष्ट छाप छोड्दै नेपालको अग्रणी बीमा कम्पनीका रुपमा रहदै आएको यस कम्पनी इक्रा नेपालबाट ए रेटिङ्ग प्राप्त गरेको नेपालको एकमात्रै निजिर्वन बीमा कम्पनी समेत हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।