एनसीसी बैंकको साधारण सभा मंसिर २ गते आह्वान

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड ( एनसीसी) ले मर्जर तथा लाभांश अनुमोदन लगायतका प्रस्तावहरु राखेर मंसिर २ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको कात्तिक ४ गते सम्पनन बैठकले उक्त दिन सभा डाकेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सभाले चुक्ता पुँजीको ३.३६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यस्तै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७८/७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १५ गते मंगलबार एक दिन सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार कात्तिक १४ गतेसम्म बैंकको सेयरधनी दर्ता किताबमा कायम हुन आएका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कुमारी बैंकसँग मर्जर प्रकृयामा रहेको बैंकको असोज ११ गते देखि सेयर कारोबार रोक्का रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।