महिनौँको कसरत पछि अन्ततः एलन मक्सले ट्वीटर किन्नु नै पर्यो

0
Shares

महिनौँको कसरत र रस्साकस्सी पछि एलन मक्सले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन् ।

गत अप्रिल महिनामा एलन मक्सले ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । त्यस लगत्तै ट्वीटरले मक्सलाई ट्वीटरको बोर्ड सदस्य हुन प्रस्ताव गरेको थियो ।

प्रस्तावलाई नकार्दै मक्सले ४४ बिलियन डलरमा ट्वीटर नै किन्ने प्रस्ताव गरे । उनको प्रस्तावलाई ट्वीटरका बोर्ड सदस्यहरुले मनोनीत गर्दै गर्दा एलनले ट्वीटर नकिन्ने घोषणा गरे ।

मक्सको उक्त निर्णयबाट असन्तुष्ट बनेका ट्वीटरका सदस्यहरुले उनी विरुद्ध अदालतमा मुद्दा दायर गरे । मुद्दाको फैसला हुँदै गर्दा एलनले पुनः आफू ट्वीटर किन्न इच्छुक रहेको बताए । फलस्वरुप २७ अक्टोबरमा उनले ट्वीटर ४४ बिलियन मै खरिद गरेका छन् ।

ट्वीटर खरिद गरेपछि उनले “ द बर्ड इज फिरिड” स्ट्याटस पोस्ट गरेका छन् । यसका साथै उनले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत पाराग अग्रवाललाई पदबाट बर्खास्त गरेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।