प्रख्यात सामाजिक सञ्जाल तथा आईटी कम्पनीहरुले भारी मात्रामा कर्मचारी कटौती गर्दै

0
Shares

विश्व अर्थतन्त्रमा मन्दीको सम्भावना वृद्धि भइरहँदा केही कम्पनीहरुले कर्मचारी कटौती गरिरहेका छन् । कर्मचारी कटौती गर्नेहरुमा प्रख्यात प्राविधिक कम्पनीहरु रहेका छन् ।

४४ बिलियन डलरमा एलन मक्सले सामाजिक सञ्जाल ट्वीटरलाई अधिग्रहण गरेका छन् । ट्वीटरको स्वामित्व आफ्नो हातमा लिएसँगै एलन मकसले ट्वीटरमा कार्यरत आधा भन्दा बढी कर्मचारीहरुलाई बर्खास्त गरेका छन् ।

यसैगरी फेसबूकको प्यारेन्ट कम्पनी, मेटाले पनि ठूलो मात्रामा कर्मचारी सङ्ख्या कटौती गर्ने जनाएको छ । मेटाभर्समा ठूलो मात्रामा लगानी गरिरहेका मेटाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत, मार्क जुकरबर्गले मेटाभर्समा गरेको लगानीको प्रतिफलका लागि १० वर्ष प्रतिक्षा गर्नुपर्ने बताएका छन् ।

मेटाभर्समा लगानी गर्दा मेटाको सेयरमा गिरावट आएको छ । १० वर्षको समयावधिमा मेटाले लाई आर्थिक रुपमा सबल बनाउन केही योजनाहरु बन्द गर्ने, कर्मचारी भर्ना बन्द गरी कार्यरत कर्मचारीहरुको पुर्नगठन गर्ने जुकरबर्गले अक्टोबर महिनामा मेटाको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बताएका थिए ।

सन् २०२३ मा मेटाले उच्च प्राभमिकतामा राखेका छोटो समयमा धेरै लाभ दिन सक्ने योजनाहरुमा काम गर्ने र अन्य दीर्घकालीन लाभ दिने योजनाहरुको काम तत्कालका लागि बन्द गर्ने जनाएको छ ।

यसबाट पनि मेटाले आगामी समयमा कर्मचारी कटौती गर्ने छ भन्ने प्रमाणित भएको छ । यसैगरी वर्तमान आर्थिक अवस्थासँग जुझ्नका लागि मेटाले ३० प्रतिशतले कर्मचारी कटौती हुने जनाएको छ।

यसैगरी सफ्टवेयर कम्पनी माइक्रोसफ्टले पनि १००० बढी कर्मचारी कटौती गर्दै आगामी महिनाहरुमा पनि कर्मचारी कटौतीको शृङ्खला कायम रहने जनाएको छ ।

युवावर्ग माझ लोकप्रिय बनेको सामाजिक सञ्जाल स्नापच्याटले पनि गत हप्ता १२०० कर्मचारी कटौती गरेको छ ।

यस बाहेक प्रख्यात बैंकिङ कम्पनी सीटिग्रुप, सफ्ट बैंक, क्रेडिट सुइस्से, गोल्डम्यान स्याच लगायतका कम्पनीहरुले कर्मचारी कटौती गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।