नबिल फ्लेक्सी क्याप फण्डमा लगानीको अवसर, कात्तिक २३ देखि आवेदन खुल्ने

नबिल फ्लेक्सी क्याप फण्डमा लगानीको अवसर, कात्तिक २३ देखि आवेदन खुल्ने

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले खुलामुखी प्रकृतिको नबिल फ्लेक्सी क्याप फण्ड सञ्चालनमा ल्याउने भएको छ ।

जसका लागि क्यापिटलले कात्तिक २३ गतेदेखि ७५ करोड मूल्यको दश रुपैयाँ अंकित दरमा ७ करोड ५० लाख इकाई निष्काशन गर्ने भएको छ ।

नबिल फ्लेक्सी क्याप फण्डले कुल निष्काशन गरिने इकाईको १४ प्रतिशत अर्थात एक करोड ५ लाख इकाई कोष प्रवद्र्धक नबिल बैंकका लागि तथा १ प्रतिशत ७ लाख ५० हजार इकाई योजना ब्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा ५ करोड इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरेको हो।

कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १४ प्रतिशत तथा योजना व्यवस्थापकले १ प्रतिशत रकम बीज पूँजीको रुपमा लगानी गर्नेछ । यस योजनाको इकाई बिक्री बन्द हुने मिति छिटोमा कात्तिक २७ गते तथा ढिलोमा मंसिर ७ गतेसम्म रहेको छ ।

जसमा न्यूनतम एक हजार रुपैयाँ बराबरको १०० इकाई तथा अधिकतम ७ करोड ५० लाख बराबरको ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

फण्डको योजना ब्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७९, मंगलबार १४ : ०२ बजे