युनाइटेड इन्स्योरेन्सद्वारा लाभांश घोषणा

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको कात्तिक २५ गते शुक्रबार बसेको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले ५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने २७ लाख ५ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।