राष्ट्र बैंकले सोमबार १४ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले कात्तिक २८ गते १३ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बैंकले यसअघि जारी गरेको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल मार्फत नवीकरण गर्न लागेको हो । केन्द्रीय बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि २ अर्ब रुपैयाँ र १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

कात्तिक २९ गते जारी हुने २८ दिने ट्रेजरी बिल मंसिर २७ गते, ९१ दिने फागुन २ गते र १८२ दिने ट्रेजरी बिल २०८० जेठ २ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल खरिद गर्न चाहने व्यक्ति, संस्था तथा बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल गर्न सक्नेछन् । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।