एनआईसी एशिया बैंकमा भिडियोबाटै केवाईसी अद्यावधिक गर्न सकिने

0
Shares

एनआईसी एशिया बैंक (NICA) मा भिडियो बाटै ग्राहकका केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ ।

घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकले बैंकको वेबसाइट www.nicasiabank.com मा रहेको अनलाइन एप्लिकेसनमा ट्याब गरी ई-केवाईसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी ओटिपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी समिट गर्नुपर्नेछ ।

त्यसपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडियो कल मार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सकिनेछ वा बैंकिङ्ग समयमा भिडियो कलको लागि एपोइन्टमेन्ट बुक गरी सो समयमा केवाईसी विवरण अद्यावधिक गर्न सकिनेछ । बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ ।

ग्राहकले भिकेवाईसी को लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो मार्फत देखाउनु पर्छ ।

यसरी भि केवाईसी मार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन।

स्वदेश वा विदेशमा रहेका ग्राहकलाई भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहकलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।