एनएमबि बैंकको ‘मान्यजन बचत खाता’ मा उच्चतम ब्याज दर

0
Shares

एनएमबि बैंक(NMB) ले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ।

सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरू लाई मद्ध्यानजर राखी बनाइएको हो। ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको छ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो।

बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।