इन्भेष्टमेन्ट र मेगा बैंकको अधारभूत बाहेक अन्य सेयरधनीको सेयर कारोबार खुल्यो

0
Shares

मर्जरका कारण विगत पाँच महिनादेखि धितोपत्रको दोस्रो बजारमा रोक्का रहँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंकमेगा बैंक नेपाल लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेले शुक्रबार एक सूचना जारी गर्दै दुबै बैंकको आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको जनाएको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा १३ (१) बमोजिम गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा रही सेयर कारोबार रोक्का रहेका दुबै बैंकको सेयर कारोबार मंसिर १ गतेको निर्णय अनुसार फुकुवा भएको नेप्सेले जनाएको छ । मर्जर प्रकृयामा रहेका दुबै बैंकले एक साताअघि सेयर कारोबार फुकुवा लागि नेप्से समक्ष आवेदन दिएका थिए ।

सेयर कारोबार फुकुवा भएसँगै अब प्रतिनिधि र प्रदेश सभाको निर्वानपछि दुबै बैंकको सेयर कारोबार खुला हुनेछ । आगामी सातादेखि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक दुबैका आधारभूत सेयरधनी बाहेकका सेयरधनीले दोस्रो बजारमा सेयर खरिद बिक्री गर्न सक्नेछन् ।

द्युई बैंकबीच गते मर्जर सम्झौतापछि दुबै बैंकको सेयर कारोबार महिनासम्म दोस्रो बजारमा रोक्का रहेको थियो । मर्जर प्रक्रियामा लामो समयसम्म सेयर कारोबार रोकिँदा लगानीकर्ताको सम्पत्तिबन्धक भई प्रताडित समेत हुँदै आएका थिए । लामो समयसम्म मर्जर प्रकृया नसकिँदा आम सेयरधनी कारोबारमा बञ्चित रहँदै आएका थिए । दुई बैंकबीच २०७९ जेठ २७ गते शुक्रबार एक आपसमा गाभ्ने गाभिने मर्जर सम्झौता भएको थियो । 

सोही अवस्थालाई मध्यनजर गर्दै नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको थियो । कार्तिक २४ गतेदेखि सो निर्देशिका लागू भएसँगै आधारभूत बाहेक सर्वसाधारण सेयरधनीको सेयर कारोबार रोक्का नहुने कानुनी व्यवस्था बनेको हो ।

निर्देशिका अनुसार अब मर्जरमा जाने संगठित संस्थाहरुले आधारभुत सेयरधनीको मात्र सेयर कारोबार रोक्का राख्नुपर्ने छ । निर्देशिका अनुसार आधारभूत सेयरधनीको सेयर कारोबार मर्जर सम्झौता भएको मितिदेखि साधारण सभा सम्पन्न नहुञ्जेलसम्मका लागि रोक्का राख्नुपर्नेछ । बढीमा ६ महिनाभित्रमा मर्जर प्रक्रिया सक्नुपर्ने व्यवस्था निर्देशकाले गरेको छ । उक्त अवधिमा साधारण सभा सम्पन्न नगरेको खण्डमा सम्बन्धित संस्थाको सञ्चालक समिति जवाफदेही हुने व्यवस्था निर्देशिकामा छ ।

निर्देशिका लागू भएपछि एकीकृत कारोबार सुरु भएपछि सेयर पुनः सूचीकरण, नाम परिवर्तन लगायतका प्रकृया पुरा गर्न बढीमा १५ दिन मात्र पूर्ण रुपमा सेयर कारोबार रोक्का गर्न सकिनेछ । यसरी सेयर कारोबार रोक्का गर्दा सोको लागि धितोपत्र बजारलाई निवेदन दिएर अनुमति लिनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

सेबोनको उक्त निर्देशिकापछि लगानीकर्तालाई राहत भएको छ । इन्भेष्टमेन्ट बैंकको १०० कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता बराबर (१ बराबर ०.९ प्रतिशत स्वाप रेसियो) हुनेगरी मर्जर गरिने प्रारम्भिक सहमति भएको छ । मर्जर सम्झौताका बेला असोज मसान्तसम्ममा एकीकृत कारोबार सुरु गर्ने गरी दुबै बैंकले डीडीए, साधारण सभा लगायतका कामलाई तीब्र बनाउने समझदारी भएपनि मर्जर प्रकृया थप लम्बिएको छ । पहिलो तोकिएभन्दा एक महिना समय सकिएपनि अहिलेकै अवस्था दुई बैंकको मर्जर सकाउन अझै केही महिना लाग्ने देखिन्छ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । यस्तै बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे रहने छन् भने प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी इन्भेष्टमेण्ट बैंककै ज्योतिप्रकाश पाण्डेलाई दिने समझादारी छ । यस्तै मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज जोशी डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हुनेछिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।