आइएमई पे र बीग डिजिटलवीचको सहकार्यमा ट्रिपल वर्ल्ड कप अफर

0
Shares

आइएमई पे र बीग डिजिटलवीच सम्झदारी गरिएको छ ।

समझदारी अनुसार कतारमा जारी विश्वकप फुटबलका खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा एक हजार रुपैयाँ फ्ल्याट छुट पाउनेछन । साथै, ग्राहकले ५ हजार सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउने कम्पनीले जनाएको छ ।

यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहने कम्पनीले जनाएको छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । २० लाखभन्दा बढि ग्राहकलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।