आइएमई पे र मेरो किरानावीच छुट सम्झौता

0
Shares

आइएमई पे र मेरो किरानावीच छुट सम्बन्धि सम्झौता भएको छ ।

मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट (एक पटकमा अधिक्तम रू.३०० सम्म) प्राप्त गर्न सक्नेछन ।

यद्यपि, ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल रू. ६०० सम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

आ-आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात नेपाली जनताहरुलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।