नबिल बैंकको १ लाख कित्ता संस्थापक सेयरको बिक्री खुल्यो

0
Shares

नबिल बैंकले आज आइतबारदेखि १ लाख कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरुका लागि खुला गरेको हो । नबिल बैंकको संस्थापक लगानीकर्ता बाहेकका सेयरधनीले अहिले आवेदन दिन पाउने छैनन् ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आइतबारदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौं स्थित कम्पनीको सचिवको कार्यालयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

विद्यमान संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको अण्डमा भने बैंकले दोस्रो चरणमा आम सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।