एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

0
Shares

एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट प्रस्ताव गरेको कुल २०.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।

बैंकले गत आवबाट सेयरधनीलाई चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको १३ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसमेत ७.६८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सो लाभांश सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र पाउनेछन् ।

साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १३ गते मंगलबार बुकक्लोज मिति निर्धारण गरेको छ । लाभांश प्रस्ताव सहितका अन्य प्रस्तावहरु पारित गर्न बैंकले मंसिर २६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे डाकेको सभाले बैंकको अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पु¥याउने, हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण लगायतका एजेन्डाहरु उपर छलफल गरी पारित गर्नेछ ।

बोनस सेयर वितरण पश्चात एभरेष्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख ९४ हजार ४३६ रुपैयाँ १० पैसा पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।