लक्ष्मी क्यापिटल र सनफार्मर बिच लगानी सम्बन्धी सम्भौता

0
Shares

निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनि सनफार्मर बिच लगानी सम्भाव्यता सम्बन्धी सम्भौता सम्पन्न भएको छ ।

सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पु¥याइरहेको सनफार्मरसँग सहकार्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताउनुहुदै अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढि सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरीसकेको छ । यस कम्पनीले सौर्य उर्जा संगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्धन गर्ने उद्देश्यकासाथ हालसम्म ७८ लाख ४२ हजार ७८२ यूनिट स्वच्छ विद्युत उत्पादन गरी सकेकोे छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।