एयर इन्डिया र भिस्तारा एयरलाइन्स मर्जरमा जाँदै

0
Shares

भारतमा सस्तो उडान सेवा प्रदान गर्दै आएका भिस्तारा एयरलाइन्स र एयर इन्डिया मर्जरमा जाने भएका छन् ।

टाटा सन्सद्धारा सञ्चिालित भिस्तारा एयरलाइन्स र एयर इन्डियामा २५.१ प्रतिशत सेयर हिस्सा ओगटेको सिंगापुर एयरलाइन्सले मर्जरमा जाने घोषणा गरेका हुन् । मर्जरमा गएता पनि सिंगापुर एयरले मर्जर कम्पनीमा २५.१ प्रतिशत सेयर हिस्सा दाबी गरेको छ ।

हाल एयर एसिया इन्डिया र एयर इन्डिया एक्सप्रेसबीच मर्चरको कार्य अगाडि बढेको छ । भिस्तारा र एयर इन्डिया मर्जरमा जाने र अन्ततः एयर एसिया इन्डिया र एयर इन्डिया एक्सप्रेस पनि मर्जरमा गई एयर इन्डिया ग्रुपको निर्माण गर्ने कम्पनीहरुले जनाएका छन् । सबै नियमन प्रक्रिया पु¥याएर सन् २०२४ को मार्च महिनासम्ममा मर्जर प्रक्रिया पूरा हुने लक्ष्य एयरलाइन्स कम्पनीहरुले लिएका छन् ।

मर्जर प्रक्रियामा आवश्यक पर्ने पुँजीका लागि सिंगापुर एयरलाइन्सले १७.५ अर्ब बराबरको सिंगापुर डलर फन्डिङ गर्ने छ । अतिरिक्त पुँजी र मर्जरमा गइसकेपछिको कम्पनी विस्तारका लागि टाटा सन्सले पनि फन्डिङ गर्ने छ ।

भारतीय हवाई क्षेत्रका चार ठूला कम्पनीहरु एकसाथ मर्जरमा गई एयर इन्डिया ग्रुपको विकासले हवाइ शुल्क कम हुने आकलन जनमानसले गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।