यतीमा यात्रा गर्ने कुनाल विष्टले जिते यमाहाको स्कुटर

0
Shares

यती एयरलाइन्सको चाडपर्व उडान अफर अन्तर्गत सञ्चालन गरेको ‘यतीमा मङ्लमय फ्लाइट, बम्परमा जितौँ नयाँ राइड’ को उपहार कुनाल विष्टले जितेका छन् ।

यतीले आज सञ्चालन गरेको लक्की ड्र भाग्यशाली विजेता घोषणा कार्यक्रममा विष्टले यमाहा कम्पनीको तर्फबाट दुई लाख ८६ हजार ९०० मूल्य बराबरको यमहा रे जेड आर स्कुटर प्राप्त गरेका हुन् । विष्टले भद्रपुर–काठमाडौँ उडान गरेका थिए ।

यस्तै, दोस्रो पुरस्कार दिपक थापाले हात पारेका छन् । उनले बालाजी डाइमण्डको तर्फबाट  ८२ हजार मूल्य बराबरको हिराको टप प्राप्त गरेका हुन् । थापाले भैरहवा–काठमाडौँ उडान गरेका थिए ।

यसैगरी, तेस्रो पुरस्कार पोखरा–काठमाडौँ उडान गरेकी कल्पना गुरुङले प्राप्त गरेकी छिन् । उनले रु ५९ हजार ९९९ मूल्य बराबरको यसुदा वासिङ मेसिन प्राप्त गरिन् ।

यती एयरलाइन्सले चाडपर्वको समय यात्रा गर्ने आफ्ना यात्रुहरुलाई लक्षित गरी असोज १० देखि कात्तक २५ गतेसम्म ४७ दिन उडान भर्ने यात्रुलाई उक्त कार्यक्रममा सहभागीता गराएको थियो । सोही अवधीमा एक लाख १७ हजार ५३८ यात्रुले यती एयरलाइन्समा यात्रा गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । बिजेता यात्रुहरुलाई एयरलाइन्सले सम्पर्क गरि उपहार बितरण गरिने उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले यती एयरलाइन्सलाई माया गरेर यात्रा गरेकोमा सम्पूर्ण यात्रुलाई धन्यवाद दिए । आगामी दिनमा पनि यतीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।